काठमाडौं जेठ २८ गते
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि खुसी व्यक्त गर्नु भएको छ । अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत अध्यादेशविरुद्ध अदालतले बिहीबार आदेश जारी गर्नासाथ त्यसको स्वागत गर्नु भएको हो ।

यसअघि उहाँले यस अध्यादेशको व्यापक विरोध गरिरहनु भएको थियो । ‘नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश स्वागतयोग्य रहेको उहाँको भनाई छ ।