काठमाडौं जेठ २८ गते
प्रधानमन्त्री ओलीलाई खुला पत्र लेख्दै बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिन सामाजिक अभियान्ता डाक्टर गोविन्द केसीले आग्रह गर्नुृ भएको छ । डा. केसीद्वारा जारी पत्रमा बी एन्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक डाकेको पत्रमा उल्लेख गरिएको छ । उहाँले पत्रमा नेपाली नागरिकहरुले यहाँलाई मत प्रदान गरी देशको कार्यकारी बनाइ तलब, भत्ता, महँगो स्वास्थ्योपचारको खर्चको लागि कर तिरिरहेको बताउनु भएको छ ।

उहाँले स्वास्थ्य माफियाहरुको चंगुलमा परेर संविधान, लोकतन्त्र, तथा विधिको शासन बर्खिलाप हुने गरी यहाँले आम नागरिकहरुको हितमा कार्य गर्नुको सट्टा अहित हुने कार्यमा निरन्तर लागिरहेको आरोप लगाउनु भएको छ । कोभिडको दोस्रो लहरको महामारीमा सम्पूर्ण राज्य संयन्त्र लगाएर आम–नेपालीहरुको जीवन रक्षार्थ तथा चिकित्सा शिक्षा ऐनको प्रावधान अनुरुप प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण गर्न लाग्नुपर्ने उहाँको भनाई छ । आफ्नो पदको दुरुपयोग गरी तिनै संचालकलाई पुरस्कृत गर्न उचित ठानेकाले यस्तो लुटतान्त्रिक कार्य सभ्य समाजमा कदापि स्वीकार्य नहुने उहाँको भनाई छ।