काठमाडौं जेठ २८ गते
आज दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गर्नु भएको छ । बैठक संसद भवनको ल्होत्से हलमा बस्नेछ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठकमा सापकोटाले समसामयिक विषयमा छलफल गर्ने बताईएको छ ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाईए पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले यस विषयमा आफुहरुलाई कुनै जानकारी नभएको बताउनु भएको छ ।

उहाँले आजको बैठकमा प्रधानमन्त्री ओलीको उपस्थिति नरहने जस्तो संकेत गराउनु भएको छ । यधपी, सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै गत बुधबार नै चिठी लेख्नु भएको थियो ।