काठमाडौं जेठ २८ गते
एक माघले जाडो नजाने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले टिप्पणी गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले बिहीबार कर्णाली प्रदेशका चार संसद पुनःबहाली गरेकोप्रति टिप्पणी गर्दै राज्यप्रणालीले न्यायालयलाई स्वतन्त्र,निष्पक्ष र तटस्थ भूमिकामा स्थापित गरेको बताउनु भएको छ ।

अदालतको फैसला त्यसैअनुरूप हुनुपर्ने र पक्षका वकिलको छनोटमा इजलास बन्ने,चाहेजस्तो फैसलालाई क्याबात् भन्ने र प्रतिकूल हुँदा रन्थनिदै होस नै गुमाउने व्यवहार गलत भएको बताउदै उहाँले एकै माघले जाडो नजाने उल्लेख गर्नु भएको छ ।