काठमाडौं । जेठ २९ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने योग रहेको छ भने कार्य सम्पादनमा समस्या आउनुका साथै महत्वपूर्ण अवसर गुम्ने तथा खानपिनमा पनि विचार गर्नुहोला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आँटेको र ताकेको कार्य पुरा हुने योग रहेको छ भने टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनुका साथै सम्बन्ध सुमधुर हुने र प्रेममा पनि सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज शुभ कार्यको चर्चा चल्ने योग रहेको छ भने राजनैतिक कार्यमा सफलता मिल्नुका साथै कीर्तिमानी काम गर्ने तथा बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो०
आज नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने तथा दैनिक कार्यमा प्रगति हुनुका साथै नजिकको यात्राको योग छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज कुनै कुराले मनमा शान्ति छाउने योग रहेको छ भने कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने तथा शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभ पनि रहला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्ने योग रहेको छ भने चिताएको कामले तीव्रता लिने तथा वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुने योग रहेको छ भने प्रेममा बाधाका साथै मन कमजोर रहने तथा मालसामान हराउन पनि सक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्ने योग रहेको छ भने घरमा अतिथिको आगमन हुनुका साथै पुरानो समस्या सुल्झाउन सकिने तथा स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज मनमा उत्साहका साथै बोली बिक्ने योग रहेको छ भने साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने तथा शुभकार्यको चर्चा चल्नुका साथै नयाँ जिम्मेवारी पाइएला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने योग रहेको छ भने स्वादिष्ट भोजन पाइनेछ, तर स्वास्थ्य प्रति खर्च बढ्न सक्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज खेल र मनोरञ्जनमा सहभागी भइनुका साथै विपरीत वर्ग प्रति आकर्षण बढ्ने योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ, तर स्वास्थ्य प्रति सचेत हुनुपर्छ ।