×

TUNGOON

आगामी तीन दिनसम्म भारी वर्षा हुने, नदीहरूमा बहाव बढ्ने भएकाले सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह


काठमाडौं । जेठ २९ गते
शुक्रबार बेलुका देखि नै काठमाडौं उपत्यका लगायत देशका बिभिन्न स्थानमा वर्षा भैरहेको छ । नेपालमा मनसुन शुरू भएसँगै विभिन्न नदीहरूमा बहाव बढ्न सक्ने भन्दै सर्तकता अपनाउन मौसम विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार, शनिवार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा मध्यपहाडी भूभाग भई बग्ने केही ससाना सहायक नदीहरूमा क्षणिक मध्यम वर्षा भई बहाव बढ्ने छ । यस्तै केही साना नदीमा समेत आकस्मिक बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशका केही भूभागमा अहिले वर्षा भइरहेको छ। देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ। थोरै स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको पूर्व तथा मध्य भूभागमा उत्तरपश्चिम बंगालको खाडी र आसपास बनेको नयून चापीय क्षेत्रको प्रभाव रहेको छ। पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ। महाशाखाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा भइरहने छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला