काठमाडौं । जेठ २९ गते
संविधान र लोकतन्त्रमाथि भित्र र बाहिरबाट आक्रमण भइरहेको पुर्वप्रधानमन्त्री डा.बाुबराम भट्टराईको भनाई रहेको छ । केही दिनयता डा.भट्टराईले राष्ट्रियता गम्भीर संकटमा परेको भन्दै सबै सचेत रहनुपर्ने बताउँदै आउनु भएको छ । शुक्रबार भामुख सापकोटाले दोस्रोपटक प्रतिनिधिसभा विघटन भएपछि छलफलका लागि सर्वदलीय बैठक बोलाउनु भएको थियो । विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठकमा सहभागी भई डा.भट्टराईले त्यस्तो सुझाव दिनु भएको हो । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै डा.भट्टराईले ‘सभामुखलाई पूर्वप्रधानमन्त्री र दलका नेताहरूको सुझाव दिदै संविधान र लोकतन्त्रमाथि भित्ररबाहिरबाट आक्रमण भैरहेकाले सबैले मिलेर बचानु पर्ने बताउनु भएको छ ।