काठमाडौं । जेठ २९ गते
बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले संसदमा दिएको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्नु पर्ने नेपाली कांग्रेसका नेता गगन थापाको भनाई छ । आज समाजिक सत्तजाल मार्फत आफ्नो धारणा राख्दै नेता थापाले वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नभएको जनाउनु भएको हो । वैद्यले दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिने विश्वास थापाको छ।

कांग्रेस सांसद वैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीप्रति निकै असंवेदनशील टिप्पणी गर्दै उनीविरुद्ध नाथुराम गोड्से खडा हुनुपर्ने अभिव्यक्ति दिनु भएको हो ।गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए।