काठमाडौं । जेठ २९ गते
प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपने बताउनु भएको छ । शुक्रवार बागमती प्रदेश सभामा बोल्ने क्रममा वैद्यले गान्धी जस्तै प्रमको हत्या गर्नुपर्ने आसयको अभिव्यक्ति दिएका थिए ।