काठमाडौं । जेठ २९ गते

काठमाडौं । यदि तपाइँले अश्लिल भिडियो र तस्विर हेर्ने गर्नु भएको छ भने एक पठक पढ्नुस् । निरन्तर अश्लिल चलचित्र हेर्नेहरुमा यौन उत्तेजनाको हिसावले निक्कै राम्रो प्रभाव पर्ने सकारात्मक र कतिपय यौनिक समस्या आउने नकारात्मक परिणाम हुने एक अध्यनले देखाएको छ ।यौन उत्तेजनाको हिसावले अश्लिल चलचित्र राम्रो भएपनि यौन सम्बन्धी धारणाका लागि भने खराव रहेको अध्यनको निष्कर्ष छ ।यूसीएलए सेमेल इन्स्टीट्यूट फर न्यूरोराइन्सका मनोरोग चिकित्सा विभागका सहायक अनुसन्धान वैज्ञानिक निकोल प्राउसले निरन्तर अश्लिल चलचित्र हेर्नेहरुमा यौन उत्तेजनाको क्षमता निक्कै राम्रो हुन् बताए ।अनलाइन जर्नल सेक्सुअल मेडिसिनमा प्रकाशित यो शोधका क्रममा सेक्स चलचित्र हेर्ने पुरुषमा अत्याधिक उत्तेजनाको स्तर रहेको पाहियो ।तर यो अध्यनले यौन चलचित्रहरु हेर्नेहरुमा यस्तै चलचित्रको प्रयोग पति पत्निमा गर्न खोज्ने र सेक्स समस्या देखा पर्ने चेतावनी दिएको छ ।यस्तै यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक९आपसमा घर्षण गराइन्छ ।

यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ। सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानिनोक्सानी गर्दैन ।हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ । हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ ।प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य९मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं । यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ ।हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन ।