काठमाडौं । जेठ ३० गते
हाल बिश्वभर कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिएको छ । कोरोना भाइरस संक्रमण महामारीका कारण काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी भएको छ।काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण दरमा कमि आएपनि जोखिम कामयै रहेको भन्दै निषेधाज्ञा पुनः थप गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।काठमाडौँमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाका विषयमा छलफल गर्न आज दिउँसो २ बजेपछि राजधानीका तीन जना नै प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा जेठ ३१ गते०राति १२ बजे सकिँदैछ ।राजधानीमा कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले एक सातादेखि १५ दिनसम्म निषेधाज्ञा थप गर्ने अनौपचारिक छलफल भएको छ ।

आज राजधानीका तीन वटै जिल्ला प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । बैठकले निषेधाज्ञाको विषयमा निर्णय गर्नेछ ।’त्यस्तै बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएकमा त्यसलाई केही थप गरिने छ । त्यसैगरी अन्य पसलहरूका लागि पनि समय तोकेर खोल्न दिने तयारी भएको छ ।यसबाहेक पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउँदै निजी सवारी साधन जोरबिजोर लागु गर्नेसम्मको प्रशासनको तयारी छ । यद्यपी निषेधाज्ञाको मोडालिटी कस्तो हुनेबारे निर्णय भइनसकेको र अहिले सरोकारवालासँग छलफलकै क्रममा रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।