×

TUNGOON

नेपालमा जेलमा बस्नुपर्ने धेरै मान्छे सत्तामा र खुला रुपमा बस्नुपर्ने मान्छे जेलमा बसेको पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई


काठमाडौं । जेठ ३० गते
नेपालमा जेलमा बस्नुपर्ने धेरै मान्छे सत्तामा र खुला रुपमा बस्नुपर्ने मान्छे जेलमा बसेका जनता समाजवादी पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताउनु भएको छ ।हालै गण्डकी प्रदेशको मन्त्री बनेका दिपक मनाङेले डा. भट्टराईसँग भेट गरेको तस्वीर सार्वजनिक भएसँगै यस भेट बारे विभिन्न टिकाटिप्पणी भएको थियो ।

यसबारे आज सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिदैँ उहाँले उक्त भेटलाई अन्यथा मान्नु नहुने बताउनु भएको छ । उहाँले नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका र खुला रूपमा रहनुपर्ने मान्छे जेलमा रहको भन्दै आफु प्रधानमन्त्री बनेको बेला जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको भएपनि आयोगको प्रतिवेदन अझै कार्यान्वयन हुन नसकेको बताउनु भएको छ । रत्नाकर वाल्मिकी बनेको उदाहरण दिदैँ उहाँले दिपक मनाङेले नयाँ जीवन र नयाँ भूमिका चाहेमा वन्चित गर्नु र पूर्वाग्रह राख्नु नहुने पनि बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला