×

TUNGOON

अघिल्लो सरकार भ्रष्टाचारमा एकदमै लिप्त भएका कारण आफुले उक्त सरकार छाडेको र प्रदेशसभा विघटन हुनबाट बचाएको गण्डकी प्रदेशका नवनियुक्तमन्त्री दिपक मनाङेको भनाई


काठमाडौं । जेठ ३० गते
अहिलेको समय बुद्धिले लडाई लड्ने समय रहेको गण्डकी प्रदेशका नवनियुक्तमन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले बताउनु भएको छ । उहाँले एउटा जमाना मान्छेले हातले तरवारले लडाई लडेको र अब यो बुद्धिले लडने जमाना भएको जिकिर गर्नु भएको छ । उहाँले बुद्धिको प्रयोग गरेर आफ्नो कार्यकालमा काम गर्ने बताउनु भएको छ । मन्त्री मनाङ्गेले अघिल्लो सरकार भ्रष्टाचारमा एकदमै लिप्त भएका कारण आफुले उक्त सरकार छाडेको र प्रदेशसभा विघटन हुनबाट बचाएको बताउनु भएको छ ।

पृथ्वी सुब्वाको गुरुङ्गको चाहाना संसद विघटन नभएपनि उहाँन्ले केही मुख्य मान्छेहरुको उक्साहाटमा त्यो प्रयास गरेको बताउनु भएको छ । उहाँले खेलकुद मन्त्रालय अव माओवादीको भागमा दिन नहुने र आफुले भने नलिने आफ्नो दावी भौतिक पूर्वधार रहेको बताउनु भएको छ । उहाँले अब युवालाई मन्त्रालयमा पठाउने हो मैले मुख्यमन्त्रीसँग पनि कुरा गरेको र पार्टी उहाँहरुले मिलाउनेमा आफ्नो समर्थन रहेको जनाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला