काठमाडौं । जेठ ३० गते
हाल विश्वभर कोरोना संक्रमणको दोस्रो लहरले आक्रान्त मच्चाएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका काठमाडौं उपत्यका लगात देशभर निषेधाज्ञा जारी गरेको छ । यसको प्रधाव खाध्यान्न, राजगारी, शैक्षीक क्षेत्र र सबै भन्दा बढी स्वास्थ्य क्षेत्रमा परेको छ । यसैलाई मध्यनजर गर्दै समाजवादी युवा संघ कोभिड रेस्पोन्स टिमले काठमाडौं उपत्यकामा निशुल्क भोजन बितरण र देशका बिभिन्न स्थानमा स्वास्थ्य सामाग्री र स्वास्थ्य परामर्श दिईरहेको छ । हाल समाजवादी युवा संघ कोभिड रेस्पोन्स टिम उक्त कार्यमा निकै सक्रिय भएर लागेको देखिएको छ ।

जसपा सम्बद्ध समाजवादी युवा संघ कोभिड रेस्पोन्स टिम र तामाङ चिकित्सक समाजको आयोजनामा तथा गौरीशंकर बिजनेस ग्रुप अफ जापान, निमा होइसेर छोक्पा र ह्याङ्ला भुरुङ्गा छोक्पाको सह आयोजनामा दोलखा जिल्ला शैलुङ गा.पा वडा नं.३ र ८ मा एन्टिजेन्ट विधिबाट निशुल्क पिसिआर परिक्षण, चिकित्सकको परामर्श तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

पिसिआर परिक्षण तथा परामर्शमा संलग्न ह’न’ भएका डा. दिल बहादुर थोकर तामाङ, डा.निराजन तामाङ, डा. सन्जित तामाङ, डा.अन्जन तामाङ , डा. प्रियन्का ढकाल र डा. सन्जिता राउत लाई साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सस्था तथा व्यक्तिहरु, रत्न लामा, रत्न सोनम मोक्तान तामाङ, निमा दोर्जै लामा , अमर मोक्तान तामाङ , बिजे योनजन,नोर्बु लामा,याङ्की ल्हा , योनजन र्फुस्याङ, रेनु तामाङ , सुबास मोक्तान , पासाङ मोक्तान तामाङ , जिभन घिसिङ, क्गदबकज लगायत सम्पूर्ण सहयोगी व्यक्तित्वहरुलाई समाजवादी युवा संघले हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ । उक्त कार्यक्रम नेपाली कांग्रेस शैलुङ्कका सभापति दावा, शैलुङ वडा न. ८का वडा अध्यक्ष रामेश्वर उप्रेती र नेकपा एमालको वडा अध्यक्ष मोहन सिं तामाङको समन्वयनमा उक्त कार्यक्रम सम्पन्न गरिएको समाजवादी युवा संघ कि सचिब मंजु मिक्चनले जनाएको छ ।