×

TUNGOON

निषेधाज्ञा केही खुकुलो पार्दै थप एक साताका लागि थप


काठमाडौं । जेठ ३० गते
हाल विश्वभर कोरोना संक्रमणको दोस्रो लहरले आक्रान्त मच्चाएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका काठमाडौं उपत्यका लगात देशभर निषेधाज्ञा जारी गरेको छ । गत बैशाख १६ गतेखि लगाईएको निषेधाज्ञा आज बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुख–सिडिओहरुको बैठकले केही खुकुलो पार्दै पुन एक साताका लागि थप गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। उपत्यकाभित्र कोरोना संक्रमितको दर घटेपनि जोखिमदर उच्च नै भएकाले थप एक साता निषेधाज्ञा गर्ने निर्णय भएको हो।तर, यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ। पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने भएको छ। त्यस्तै खाद्यान्नका पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ।कोरोना संक्रमण बढेपछि रोकथाम तथा नियन्त्रण लागि भन्दै स्थानीय प्रशासन कार्यालयहरूले काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको हो। अहिले देशका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला