काठमाडौं । जेठ ३१ गते
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रोश पोख्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै प्रेस सल्लाहकार थापाले विपक्षी गठबन्धनको नेतृत्वमा नवगठित गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेका विषयलाई लिएर नेता भट्टराईमाथि आक्रोश पोख्नु भएको हो ।

उहाँले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा हेर्नसम्म नसकेको उहाँको यो तस्बिर र दीपक मनाङेबारेका असंगत धारणा देख्दा डा.बाबुराम भट्टराईले आफूलाई आज कहाँनेर उभ्याउनु भएको सहजै बुझिएको जिकिर गर्नु भएको छ । पाखण्डीपन र अभिनयको पर्दा यसरी नै च्यातचुत भइरहेको भन्दै प्रेस सल्लाहकार थापाले नेता भट्टराईप्रति छुद्र टिप्पणी गर्नु भएको छ ।