×

TUNGOON

निजामती कर्मचारीको लागि दिइएको पर्यटन काज सुविधा शिक्षक र प्राध्यापकलाई दिन नेपाली काँग्रेसको आग्रह


काठमाडौं । जेठ ३१ गते
निजामती कर्मचारीको लागि दिइएको पर्यटन काज सुविधा शिक्षक र प्राध्यापकलाई पनि दिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आग्रह गरेको छ । नेपाली काँग्रेस शिक्षा विभागका सचिव डा। कृष्णप्रसाद रिजालले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले बजेटमार्फत् निजामती कर्मचारीको लागि उक्त सुविधा दिएको भए पनि शिक्षक र पदाधिकारीको विषयमा बजेट नबोलेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

‘अध्यादेश मार्फत् ल्याइएको आर्थिक वर्ष २०७८र७९ को बजेटमा निजामती सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधामा शिक्षक र प्राध्यापकलाई विभेद गरेको छ’ विज्ञप्तिमा भनिएको छ ‘निजामती कर्मचारीलाई १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाख रूपैयाँको स्वास्थ्य बिमा प्रिमियम बापतको रकम नेपाल सरकारे व्यहोर्ने निर्णय गरे पनि सोबाट समेत शिक्षक र प्राध्यापकलाई बञ्चित गरिएकोमा विभाग खेद प्रकट गरेको छ । विभागले यो विभेदलाई सच्याउँदै भविष्यमा यस्तो विभेदकारी स्थिति सिर्जना नगर्न पनि सरकारलाई आग्रह गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला