×

TUNGOON

प्रतिक्रान्तिकारीहरू सत्तामा रहेको पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको भनाई


काठमाडौं । जेठ ३१ गते
गणतन्त्र संस्थागत गर्न अब फेरि अर्को पुस्ता लड्न नपरोस् भन्दै पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले चेतावनी दिनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत् आफ्नो धारणा राख्दै उहाँले आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध÷जनआन्दोलन÷मधेस विद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु भएको बताए पनि त्यस्तै नभएको भन्दै यस्तो चेतावनी दिनु भएको हो ।

उहाँले प्रतिक्रान्तिकारीहरू सत्तामा रहेको व्यङ्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्नु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम गहिरिदै जाँदा लोकतन्त्र नै जोखिममा पर्ने स्थिति बनिरहेको छ । प्रधानमन्त्री ओलीले दोस्रो पटक पनि संसद विघटन गरेपछि मुलुकको राजनीति पेचिलो बन्दै गएको छ । उहाँले गणतन्त्र आउने बेला ओलीले बयल गाढा चढेर अमेरिका पुगिदैन भन्ने व्यक्ति अहिले सत्ताको स्वाद लिइरहेकोतर्फ संकेत गर्दै प्रतिक्रान्तिकारी हिरो बनिरहेको बताउनु भएको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला