×

TUNGOON

भदौमा तय भएको पार्टीको १४ औं महाधिवेशन पछि सार्न नहुने नेपाली कांग्रेसका नेता गगन थापाको तर्क


काठमाडौं । जेठ ३१ गते
भदौमा तय भएको पार्टीको १४ औं महाधिवेशन पछि सार्न नहुने नेपाली कांग्रेसका नेता गगन थापाले बताउनु भएको छ । नेता थापाले महाधिवेशनको सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस जिल्ला सभापतिहरुको पहलमा सोमवार आयोजित भर्चुअल संवादमा थापाले महाधिवेशनको मिति पछाडी सारे त्यो आत्मघमती कदम हुने बताउनु भएको छ ।

छलफलमा उहाँले कांग्रेस गुनासो गर्ने पार्टी मात्रै भएको र जनतामा सन्देश लिएर जान नसकेको समेत बताए। महाधिवेशन गर्न नसक्ने पार्टीले देश सम्हाल्छु भनेर भन्नु गफभएको जिकिर गर्नु भएको छ । कांग्रेसले भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको छ।शेरबहादुर देउवा २०७२ फागुन २४ गते ४ वर्षका लागि नेपाली कांग्रेसको सभापतिमा चुनिएका थिए। २०७६ फागुन २४ मा उनको कार्यकाल सकिएपनि महाधिवेशन हुन सकेन। पार्टीको विधानको धारा ४३ प्रयोग गरी उनले आफ्नो कार्यकाल २०७७ फागुन २४ सम्म एक वर्ष थप गरेका थिए। त्यसभित्र पनि महाधिवेशन गर्न नसकिएपछि संविधानको सहारा लिएर कार्यकाल अझै ६ महिना थप गरिएको थियो। देउवाको कार्यकाल यही भदौमा सकिँदैछ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला