काठमाडौं । असार १ गते
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली रही प्रदेश–२, गण्डकी, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। आज दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै मोसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कालीगण्डकी, तिनाउ लगायतका नदीमा पानीको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलवार सूचना जारी गर्दै महाशाखाले आगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधार लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भई बहने केहि स९साना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक वहाव हुने बताएको छ ।