काठमाडौं । असार १ गते
नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन एमाले सक्ने योजनासहित बनाइएको नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितको भनाई रहेको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले यस्तो बताउनु भएको हो । उहाले एमाले मिल्ने दिशातर्फ अघि बढिरहेका बेला सोमबार दिउँसो एमालेका असन्तुष्ट नेता माधवकुमार नेपालको घरमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक बसेपछि यस्तो प्रतिक्रिया दिनु भएको हो ।

उहाँले कांग्रेस र माओवादीसँग मिलेर एमाले सिद्धिने पनि बताएका छन्। माधव नेपालको यस्तो कामलाई उनले आफ्नै घरमा आगो लगाएर खुसीयाली मनाउने प्रयास भएको बताउनु भएको छ । उहाँले अहिले नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन नेकपा एमालेलाई कमजोर बनाई समाप्त गर्नका लागि भएको र ुनेकपा एमालेका कोही नेता रनभुलमा आफ्नो घरमा आगो लगाएर खुसियालीमा नरमाउन आग्रह गर्नु भएको छ । यस्तो कदम नसच्याए इतिहासले धिक्कार्ने पनि उहाँको भनाइृ छ ।