×

TUNGOON

पश्चिम राप्ती नदीमा आएको बाढीले खतराको तह पार गर्यो, पूर्वी नवलपरासीको गैडाकोट क्षेत्रका ४० घर डुबानमा, वर्षा र बाढीबारे थाहा पाउन ११५५ र उद्धारका लागि ११४९ फोन गर्न आग्रह


काठमाडौं । असार २ गते
केही दिन परेको अबिरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न भागमा व्यापक जनधनको क्षति गरेको छ। बाढी पहिरोले विशेष गरेर बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा बढी क्षति पुर्याएको छ।अविरल वर्षाको कारण हिमाली र पहाडी जिल्लामा कटान र पहिरोको समस्या सिर्जना भएको छ भने तराईका जिल्लामा डुबानको समस्या देखिएको छ। पश्चिम राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको हो। महाशाखाले बाँकेसहित नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।त्यसैगरी नारायणी नदीमा पनि पानीको बहाव बढेको छ ।

अहिले गण्डकी र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परिरहेकाले बाढी पहिरोको जोखिम उच्च बनेको महाशाखाले जनाएको छ। बाग्लुङ, म्याग्दी, स्याङ्जा, चितवन र गुल्मीका तटीय क्षेत्रमा बस्ने नागरिकलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।त्यसैगरी बाढीले पूर्वी नवलपरासीको गैडाकोट क्षेत्रका ४० घर डुबानमा परेका छन्। नारायणी नदीको बाढीले स्थानीय बोटे गाउँ डुबानमा परेको हो। त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन सम्पर्क नम्बर उपलब्ध गराएको छ । उद्धारका लागि मद्दत माग्न पनि नम्बर उपलब्ध गराइएको छ ।गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणका अनुसार देशका विभिन्न क्षेत्रको वर्षा र बाढीबारे थाहा पाउन ११५५ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।यस्तै, विपद्मा परेकाले उद्धारका लागि मद्दत माग ११४९ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला