काठमाडौं । असार २ गते
बाढी पहिरोमा परेर बेपत्ता भएकाको खोजी र पीडिलाई राहत दिन सरकारसँग नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले माग गर्नु भएको छ । केही दिनदेखिको वर्षाका कारण धेरै जिल्लामा जनधनको क्षति भएकोप्रति दुस्ख व्यक्त गर्न कोइरालाले उद्धार राहतको माग गर्नु भएको हो । उहाँले यो कठिन अवस्थामा पार्टीको विभिन्न तहमा रहेको नेतारकार्यकर्ताहरुलाई तत्काल आ(आफ्नो क्षेत्रमा उद्धार र राहतमा जुट्न पनि आग्रह गर्नु भएको छ ।

उहाँले सिन्धुपाल्चोक, मनाङ, चितवनलगायत देशका विभिन्न क्षेत्रमा बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिले स्तब्ध र असाध्यै मर्माहत बनाएको र तत्काल विपदमा परेकालाई उद्धार गरेर सुरक्षित स्थानमा लैजान, बेपत्ताको खोजी कार्य गर्न र पीडितहरुलाई राहत दिन सरकारसँग माग गर्नु भएको छ ।