काठमाडौं । असार २ गते
गत वर्ष सिन्धुपाल्चोकमा बाढी पहिरोका कारणा ७१ जनाले ज्यान गुमाएका थिए । नेपालमा मनसुन सुरु भए सँगै बाढी पहिरो जाने क्रम सुरु भएको छ । मंगलबार राति सिन्धुपाल्चोकको मेलम्चीमा बाढी र पहिरोमा फसेकाहरूलाई नेपाली सेनाले हेलिकोप्टरबाटै उद्धार थालेको छ ।मेलम्चीको बाढीपछि एक होटलको छतमा बसेर ज्यान जोगाएका दुई व्यक्तिलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेको छ ।होटलको तल्लो तल्लाहरु बाढीले डुबाएपछि मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए । होटलको छतमा बसेर ज्यान जोगाएका उनीहरूलाई हेलिकोप्टरमार्फत सेनाले उद्धार गरेको हो ।मंगलबार साँझ मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले कयौँ बेपत्ता भएका छन् ।स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले ५० जनाभन्दा बढी बेपत्ता भएको जनाएका छन् ।

प्रशासनले बेपत्ताहरुको यकिन विववरण प्राप्त भइनसकेको र सूचना संकलन जारी रहेको जनाएको छ ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उद्धार तथा राहतको काममा हेलिकप्टरमार्फत जनशक्ति परिचालनको भएको प्रजिअ पोखरेलले बताउनु भएको छ। प्रभाबित क्षेत्रको स्थलगत अध्ययनका लागि सभामुख अग्‍निप्रसाद सापकोटा सिन्धुपाल्चोकको जाँदै हुनुहुन्छ । हेलिकोप्टर यसअघि नै उद्धारका लागि गइसकेकाले सभामुख सापकोटा गाडीबाट सिन्धुपाल्चोक जान लागेका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनु भएको छ ।