काठमाडौं । असार २ गते
मंगलबार राति निरन्तर परेको बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । मंगलबारदेखि बेपत्ता भएका ७ जनाको शव भेटिएकोजिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मृतकमध्ये ६ जनाको पहिचान खुलेको र अनुसार तकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत रहेको प्रहरीले जनाकारी दिएको छ ।

मृत्यु हुनेहरूमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु(३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु–६ का च्याङ्बा तामाङ रहेको छन् ।