काठमाडौं । असार २ गते
मेलम्चीको स्थिति असामान्य र असाधारण रहेको सभामुख अग्निप्रसाद सापकोटाले सभामुख अग्निप्रसाद सापकोटाले बताउनु भएको छ । उहाँले आज बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि क्षतिको लेखाजोखा गर्न सकिने अवस्था नरहेको बताउनु भएको छ । उहाँले आठजना बेपत्ता भएको र हेलम्बु, मेलम्ची सबै ठाउँमा भएको क्षतिपछि मानवीय रुपमा गर्न सकिने सहयोग गर्नुपर्ने बताउनु भएको छ । उहाँले आफू काठमाडौं फर्केर बाढी र यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग पनि भेटेर कुरा गर्ने बताउनु भएको छ र पीडितलाई सहयोग पुर्‍याउने सम्बन्धमा सबैबाट सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ । यसअघि, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले तत्कालका निम्ति बाढीबाट प्रभावितलाई राहत र पुनस्थापनाका लागि सहयोग गर्न आग्रह गरेका गर्नु भएको छ ।

सभामुख सापकोटासितको छलफलमा उनले मेलम्ची बजार क्रमशः डुब्दै गएकोले आफूहरु त्रसित रहेको पनि बताउनु भएको छ । उहाँले मेलम्ची नगरपालिकामा ३०० र नेपाली सेनाको ब्यारेकमा ३०० गरी बाढीबाट प्रभावित ६०० जनालाई खानाको व्यवस्था गरिएको जानकारी दिनु भएको छ । सभामुख सापकोटा आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुपाल्चोक जानु भएको थियो ।इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ । त्यस्तै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले तत्कालका निम्ति बाढीबाट प्रभावितलाई राहत र पुनस्थापनाका लागि सहयोग गर्न आग्रह गरेका छन् ।उनले मेलम्ची नगरपालिकामा ३०० र नेपाली सेनाको ब्यारेकमा ३०० गरी बाढीबाट प्रभावित ६०० जनालाई खानाको व्यवस्था गरिएको जानकारी दिए ।