×

TUNGOON

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै


काठमाडौं । असार ३ गते
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठकले पार्टीको १४औँ महाधिवेशनको समय तालिका परिवर्तन गर्ने प्रस्तावका बारेमा निर्णय लिने काँग्रेसकन मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ । गत जेठ २९ गते बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीका आसन्न महाधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको थियो ।

तर उक्त निर्णय केन्द्रीय कार्यसमितिको बैठकबाट पारित गर्नका लागि आजको बैठक आह्वान गरिएको हो।बैठकको निर्णय अनुसार आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने प्रस्ताव भएको थियो ।
यसअघि भदौ ७ गतेदेखि १० गतेसम्मका लागि महाधिवेशनको मिति तोकिए पनि क्रियाशील सदस्यता इन्ट्रीको कारण महाधिवेशनको मिति पर सारिएको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला