काठमाडौं । असार ३ गते
केही दिन देखि परेको लगातार बर्षाका कारण देशका बिभिन्न स्थानमा बाढी पहिरो गएर ठुलो जन,धनको क्षेती भएको छ । लगातारको वर्षासँगै विभिन्न नदी नालामा आएको बाढी तथा गएको पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ्गसहितका जिल्ला बढि प्रभावित भएका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी–पहिरोसहितका प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरण तथा नागरिकको सेवाका लागि सबै जिम्मेवार बन्न आग्रह गर्नु भएको छ ।
आज एक वक्तव्य जारी गर्दै पूर्वराजा शाहले प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानु पर्ने उल्लेख गर्नु भएको छ । उहाँले कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला मनसुनको प्रारम्भमै ठूलो धनजनको क्षति हुने गरि आएको बाढी पहिरोसहितका प्राकृतिक विपत्तिबाट आफू दुःखी भएको वक्तव्यमा उल्लेख गर्नु भएको छ । मनसुनको सुरुमै यस्तो क्षति भएकाले आउँदा दिन अझ चुनौतिपूर्ण हुने भन्दै पूर्वराजा शाहले सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने बताउनु भएको छ ।