×

TUNGOON

आज दिउँसो १ बजे नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै


काठमाडौं । असार ४ गते
आज दिउँसो १ बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। १४ औं महाधिवेशनका सन्दर्भमा बिहीबारदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ । विहिबारको बैठकले महाधिवेशनको तालिकालाई सामान्य संशोधनसहित अनुमोदन गरेको छ । यसअघि पदाधिकारी बैठकले क्रियाशील सदस्यताको सम्पूर्ण कार्यको टुंगो असार २० सम्ममा लगाउने भनेकोमा त्यसलाई बढाएर असार मसान्तसम्म समय दिइएको छ ।

पदाधिकारी बैठकले प्रस्ताव गरेका तल्ला तहको अधिवेशन तालिकालाई सामान्य संशोधन गरिएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला