×

TUNGOON

आज बिहान ११ बजे बस्ने प्रदेशसभा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिदै


काठमाडौं । असार ४ गते
आज बिहान ११ बजे बस्ने प्रदेशसभा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिनुहुने भएको छ । बैठकमा उहाँले विश्वासको मतको प्रस्ताव राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।मुख्यमन्त्री भएको एक साताभित्रै पोखरेलले विश्वासको मत लिन लाग्नुभएको हो ।मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेल विपक्षी गठबन्धनको सहयोगमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।उहाँलाई मुख्यमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र गरी ३१ जना सांसदको सहयोग छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला