×

TUNGOON

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी परेर बेपत्ता भएकाहरूको नाम सार्वजनिक


काठमाडौं । असार ४ गते
गत मंगलबार राति लगातार परेको बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको थियो । उक्त बाढीमा २० जना अझै बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बाढीमा हराइरहेकाहरूको विवरण संकलन गर्ने क्रममा २० जना बेपत्ता भएको पाइएको छ।सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले बिहीबार राति बाढीमा परेर बेपत्ता भएकाहरूको नामसमेत सार्वजनिक गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार जुगल गाउँपालिकाका २० वर्षीया गीता थापा र १ वर्षीय सुदीप थापा तथा हेलम्बु गाउँपालिका–१ का ९० वर्षीय तस्बिर तामाङ बेपत्ताको सूचीमा थप भएका हुन्।अन्य हराइरहेकाहरूमा हेलम्बु गाउँपालिका–२, पाल्चोक शेराकी ६६ वर्षीया टीकामाया खड्का हेलम्बु गाउँपालिका–२, किउलका ३१ वर्षीय माधव भण्डारी, सोही वडा चुरेटारका ४२ वर्षीय गणेश ज्योति, सोही वडा चनौटेका ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल छन्।यसैगरी हेलम्बु–६, किउलपारिका ५० वर्षीय च्याङा तामाङ, सोही स्थानकी ४२ वर्षीया काली तामाङ, हेलम्बु–३, चनौटेकी ५० वर्षीया साइली तामाङ, हेलम्बु गाउँपालिका वडा नम्बर १ का ४५ वर्षीय सुनील तामाङ र ३५ वर्षीय पूर्ण तामाङ मंगलबार रातदेखि सम्पर्कविहीन छन्।यसैगरी हेलम्बु–१ का ५० वर्षीय कामी तामाङ र सोही ठेगानाकी ८० वर्षीया नोर्की तामाङ तथा वर्ष खुल्न नसेकका तनहुँ आँबुखैरहनी–१ का रेशमलाल सार्की र खामलालुङ–९ का होमराज घिमिरे पनि बेपत्ताको सूचीमा छन्।यस्तै भारतीय नागरिकद्वय कमललोचन महतो र जिनडाऔ वासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान पनि बेपत्ता छन्।उनीहरूको खोजी भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला