काठमाडौं । असार ४ गते
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ्ले नेपाली जनतालाई कोभिडविरुद्ध खोपको विषयमा सरकारले चाँडै सकरात्मक समाचार दिने बताउनु भएको छ । आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा युरोपेली मुलुकले उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गरेपछि सञ्चारकर्मीलाई उहाँले खोप चाँडो भन्दा चाँडो ल्याइने बताउनु भएको हो ।

उहाँले नेपाल खोप उत्पादन गर्ने मुलुक नभएकाले जुन मुलुकले खोप उत्पादन गर्छ त्यही मुलुकसँग वार्ता गरिरहेको र खोपको विषययमा सकरात्मक वार्ता भइरहेकाले केही दिनमा सकरात्मक समाचार आउने जानकारी दिनु भएको छ । स्वास्थ्य सामग्री उपलब्ध गराउने मित्र राष्ट्रहरूले कोभिडविरुद्धको खोपका लागि पहल गरिरहेको मन्त्री तामाङ्ले जानकारीले दिनु भएको छ । नेपालले मित्र राष्ट्रको सहयोगमा खोप पाउने उहाँको दाबी छ ।