काठमाडौं । असार ५ गते

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिदै हाल देशको पश्चिमी भू(भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको बताएको छ ।महाशाखाले हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भु(भागका केही स्थानहरुमा हल्का वर्षा भईरहेको जनाएको छ ।त्यस्तै महाशाखाले आगामी २४ घण्टा देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुने छ ।

त्यस्तै आज कोशी, कर्णाली लगायतका नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ । आ सूचना जारी गर्दै महाशाखाले कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती तथा बबई जलाधारका केही ससाना सहायक नदीहरूमा बाढीको बहाव बढ्दो हुने जनाएको छ ।महाशाखाले केही स साना नदीहरूमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने भन्दै सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई अपिल गरेको छ ।