काठमाडौं । असार ५ गते

तपाई हामि सबै प्रत्येक दिन पुजाआजा गर्ने गर्दछौ । मनको शान्ति अनि जुन मनोकामनाले पुजा गरिएको छ उसको प्राप्तिको लागि विधानपूर्वक पुजा गर्नु जरुरि हुन्छ । जान्नु होस् पुजा गर्ने समयमा कुन कुराको ख्याल गर्ने अनि कुन नियमको पालना गर्ने ।

 

१ सर्वप्रथम हामिले शिव , गणेश र भैरवलाई तुलसि चढाउनु हुदैन ।

२ स्नान नगरि तुलसिको पातलाई टिप्नु हुदैन । शासत्र अनुुसार यदि कुनै व्यक्तिले ननुहाइ तुलसिको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुदैन ।
३ तुलसिको पातहरुलाई ११ दिन सम्म बमसस् मानीदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ ।
४ विहिबार,एकादशि द्धादशि,संक्रान्ति तथा साझमा तसलसिको पात टिप्नु हुदैन ।
५। सूर्य देवलाई शंखको जलबाट अर्घय दिनु हुदैन ।
६। दुवो घासलाई विहिबार टिप्नु हुदैन ।
७। बुधबार र विहिबार पिपलको बोटमा जल चढाउनु हुदैन ।
ड। अपवित्र धातु जस्तै एल्मुनिएम तथा फलामबाट बनेका भाडाहरु ,प्लास्टिकको बोत्तलमा गंगाजल राख्नु हुदैन । गंगाजल तामाको भाडामा राख्नु शुभ मान्निछ ।
९। केतुतेको फुल शिवलिङ्गमा चढाउनु हुदैन ।
१०। कुनै पनि पुजामा मनोकामनाको सफलताको लागि दक्षिणा अवश्य चढाउनु पर्छ ।
११। माता लक्ष्मीको विशेष रुपले कमलको पुल अर्पित गरिन्छ । यस फुललाई पाच दिन सम्म जल चढाएर पुन प्रयोग गर्न सकिन्छ ।
१२। घरको मन्दिरमा विहान वेलुका साझमा दिप अवश्य बाल्नु पर्छ । एउटा दिप घिउको अर्नि उटा तेलको बाल्नुपर्छ ।
१३ । सूर्य,गणेश,दुर्गा,शिव तथा विष्णु यि पञ्चदेव मानिन्छन ।
यिनको पुजा सबै कार्यमा अनिवार्य रुपमा हुनुपर्छ । प्रत्येक दिन पुजा गर्ने समयमा यि पञ्चदेवको ख्याल गर्नु पर्छ । यसले लक्ष्मी कृपा र समृद्धि प्राप्त हुन्छ ।