काठमाडौं । असार ५ गते

समाजवादी  युवा संघ कोभिड रेस्पोन्स टिमले निशुल्क खाना भोजन बितरण कार्यक्रमलाई नयाँ रुप दिदै अहिले पिडितको अवस्था हेरेर खाध्यान्न वितरण अभियान सञ्चाल गरेको छ । सोही क्रममा आज उक्त अभियानले ३५ बर्षीया मृगौला पिडित दिल बहादुर तामाङलाई एक बोरा चामल, दाल, तेल, नुन,मसौरा सहितको राहात  प्याकेज सहयोग गरेको छ । मृगौला पिडित तामाङलाई मृगौला प्रत्यारोपण  गर्दा लाग्ने उपचार खर्चमा आफ्नो टिमले सक्दो सहयोग गर्ने सचिव मञ्जु मिक्चनले बताउनु भएको छ ।

हाल बिश्वभर कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलि रहेको छ । गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यका लगायत कोरोना संक्रमण देखिएका जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको । निषेधाज्ञाका कारण रोजगारी गुमाई साझ , बिहान हात ,मुख जोर्न पनि कठिन भएको छ । यसैलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका लगायत देशभर बिभिन्न संघ–संस्थाहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेका छन् । हाल यसै कार्यमा समावादी युवा संघ सक्रिय भएर लागेको छ । उक्त अभियानले निषेधाज्ञा पछि पनि उक्त कार्यलाई निरन्तर अगाडी बढाउने जसपा सम्वद्ध समाजवादी युवा संघकी सचिव मञ्जु मिक्चन तामाङ जानकारी दिनु भएको छ । उहाँले सहयोग लिन र दिन परेमा समावादी युवा संघ कोभिड रेस्पोन्स टिमको तल दिएको नम्बरमा सम्पर्क गर्न आग्रह गर्नु भएको छ । 9841193202 ,  9851133193 ,  9851104408 ,, 9851001946 , 9849109389  ,9841974758 , 9861314492