काठमाडौं । असार ६ गते
शनिवार एउटा प्रेस विज्ञप्ती जारी गर्दै विदेश जानेहरुको पीसीआर परीक्षणका सम्बन्धमा पछिल्ला केही दिनदेखि सार्वजनिक भएका समाचारहरु भ्रामक, निराधार तथा गलत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । विदेश जानेहरुको प्रयोजनको हकमा कोभिड १९ को पीसीआर परीक्षण सबै सरकारी पीसीआर प्रयोगशाला तथा न्यूनतम एक सय बेड भएका अस्पतालमा आधारित रहेका वा एक वर्गका नीजि प्रयोगशालाहरुले गरेको मान्य हुने भन्ने सम्बन्धमा वैशाख १९ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निणयानुसार सम्बन्धित सबैमा अनुरोध गरिएको थियो ।

त्यसपछि यसका सम्बन्धमा कुनै पनि थप निर्णय भएको र यद्यपि विभिन्न सञ्चार माध्यमहरुमा विदेश जानेको प्रयोजनको हकमा कोभिड १९ परीक्षण सम्बन्धि विभिन्न नीजि प्रयोगशालाहरुको नाम मात्र राखी भ्रामक, निराधार र गलत समाचार प्रकाशन भएकाले सर्वसाधारणलार्य अन्यौल भई कठिनाइ हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । मन्त्रायलयबाट आधिकारिक जानकारी नै नलिई सर्वसाधारणलाई अफ्ट्यारो पर्नसक्ने खालका सूचना प्रकासन, प्रसारण नगरी दिनु हुन सबैमा अनुरोध छ ।