×

TUNGOON

कांग्रेसले सहमती तोडेको भन्दै गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको चेतावनी


काठमाडौं । असार ६ गते
जनता समाजवादी पार्टीले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहमती तोडेको भन्दै गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । दुई सांसद भएको जसपासँग कांग्रेसले अर्थ मन्त्रालयसहित दुई मन्त्रालय दिने सहमति गरेको थियो । तर जसपाले शुक्रबार विश्वासको मत लिएपछि कांग्रेसले सहमति तोडेको आरोप लगाएको छ ।गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले शुक्रबार मात्रै विश्वासको मत लिएका थिए ।

विश्वासको मत लिने दिन मुख्यमन्त्री पोखरेलले जसपालाई अर्थ सहित २ मन्त्रालय दिने सहमति गरेका हुन् ।मुख्यमन्त्री पोखरेलले जसपासँग गरेको ४ बुँदे सहमतिमा सबै दलबाट २–२ जना सदस्य रहनेगरी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने, प्रदेशसभामा रहेको डबल थ्रेस होल्डको प्रावधान हटाउने र राजनीतिक नियुक्तिहरुमा गठबन्धनको भावना सम्बोधन गर्ने उल्लेख छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला