×

TUNGOON

पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन पर्यटनमन्त्री उमाशंकर अरगरियाले निर्देशन


काठमाडौं । असार ६ गते
पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले निर्देशन दिनु भएको छ । आज पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिल्यान्यास गर्दै मन्त्री अरगरियाले पशुपति क्षेत्र भित्रका पुनः निर्माणका कामहरुलाई पारदर्शी रुपले गर्नका लागि निर्देशन दिनु भएको हो । उहाँले आफू पनि नखाने र अरुलाई पनि खान नदिने आफ्नो एकमात्रै उद्देश्य रहेको बताउँदै कुनैपनि समय आफु आएर हेर्नसक्ने बताउनु भएको छ ।

उहाँले भ्रष्टाचार हुन नदिनका निम्ति सजग समेत गराउनु भएको छ । मन्दिर पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन लागिएको भन्दै साधु, सन्तले विरोध जनाइरहेको सन्दर्भमा मन्त्री अरगरियाले पशुपति क्षेत्रबाट साधु, सन्तलाई विस्थापित नगराइने बताउनु भएको छ । निर्माणको काम सकिइसकेपछि उनीहरुलाई पुर्नस्थापना गरिने उहाँले बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला