×

TUNGOON

गरीब ,दुखि, असाय, अपाङ्ग र बेसाहाराको साहारा बन्नु नै मुख्य उदेश्य हो – समाजवादी युवा संघ


काठमाडौं । असार ६ गते
जसपा सम्वद्ध समाजवादी युवा संघ कोभिड रेस्पोन्स टिम निषेधाज्ञाको समयमा सामाजिक कार्यमा निकै सक्रिय देखिएको छ । हाल बिश्वभर कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिने क्रम जारी छ । गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यका लगायत कोरोना संक्रमण देखिएका जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको । निषेधाज्ञाका कारण रोजगारी गुमाई साझ , बिहान हात ,मुख जोर्न पनि कठिन भएको छ । समाजवादी युवा संघ गरिब दुखि, असाय,अपाङहरुको साहारा बन्दै छ ।

निशुल्क खाना भोजन बितरण कार्यक्रमको मोडालिटि परिवर्तन गरेर अहिले दुखि,गरीब,असाय,अपाङ्गको घर–घरमा पुगेर खाध्यान्न वितरण अभियान सञ्चालन गरेको छ । सोही क्रममा उक्त अभियानले आज सिन्धुल घर भई हाल नारायनस्थानमा बसोबार गदै आएका मोहन थापामगर, गोकर्णेश्वर न.पा. वडा . न. ३–सुनताखानमा बसोबास गर्ने ८० वर्षीया बृद्ध आमा र उनका २ अपाङ छोरा , नारानस्थानमा बसोबास गर्ने २ वटा खुट्टा गुमाएका रामकुमार तामाङको परिवारलाई ३ बोरा चामल, चामल, दाल, तेल, नुन,मसौरा सहितको राहात प्याकेज सहयोग गरेको छ ।

 

उक्त अभियानले निषेधाज्ञा पछि पनि उक्त कार्यलाई निरन्तर अगाडी बढाउने जानकारी दिएको छ । मोहन थापामगर २ जना अपाङ छोरीहरु छन् । उनहिरुलाई अपाङ भएका कारण स्कुलले भर्ना दिन नमानेको गुनासो उनीहरुकी आमा रेसुथापा मगरले सुनाइन् । उक्त कुरा सुनेपछि जसपाका गोकर्णेश्वर नगरका सचिव राजकुमार कोइरालाले उनीहरुलाई छिट्टै स्कुलमा भर्ना गरि निशुल्क पढ्ने वातावरण मिलाउने प्रतिवद्धता जनाउनु भएको छ ।

त्यस्तै ८० वर्षीया वृद्ध आमा सहित २ वटा अपाङ् छोराहरुको परिवारलाई सम्बन्धित निकायसँग छलफल गरि बास–स्थानको व्यावस्था मिलाउने सचिव राजकुमार कोइरालाको भनाई छ । जसपा सम्वद्ध समाजवादी युवा संघको मुख्य उदेश्य गरीब ,दुखि, असाय, अपाङ्ग र बेसाहाराको साहारा बन्नु रहेको संघकी सचिव मञ्जु मिक्चन तामाङले बताउनु भएको छ । यदि सहयोग लिन र दिन परेमा समावादी युवा संघ कोभिड रेस्पोन्स टिमको तल दिएको नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला