काठमाडौं । असार ७ गते
आफू निकटका प्रदेशका नेताहरूसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल तीव्र पार्नु भएको छ । भदौमा हुने महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका देउवाले नेता तथा केन्द्रीय सदस्यहरुसँगको छललफलाई तीव्र पार्नु भएको हो ।
यसैक्रममा आज उहाँले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै हुनुहुन्छ । आइतबार देउवाले बागमती र गण्डकी प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए भने शनिबार प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग कुराकानी गर्नु भएको छ ।