×

TUNGOON

नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ४ सय रुपैयाँले बृद्धि


काठमाडौं । असार ७ गते
आज नेपाली सुनचाँदी बजारमा सुन र चाँदीको मूल्यमा बृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा किचबेच भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। चाँदी तोलामा ५ रुपैयाँले वद्धि भएको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला