×

TUNGOON

कमल योञ्जन तामाङ र टेकेन्द्र कार्कीको प्रस्तुति तथा निर्देशनमा अध्यारो चलचित्रको निर्माण गरिदै


काठमाडौं । असार ७ गते
हाल कोरोना संक्रमणको दोस्रो लयहर बिश्वभर नै आक्रान्त मच्चाएको छ । यसको असर नेपालमा प्राय.सबै क्षेत्रमा पर्न गएको छ । तर सबै भन्दा धेरै नेपाली चलचित्र उद्योगमा परेको छ । बिचमा केही फिल्म हल खुले पनि लगभग गत बर्षको चैत ११ गते भएको लकडाउन पछि सबै हलहरु ठप्प भएका छन् । यस्तो अवस्थामा पनि कमल योञ्जन तामाङ र टेकेन्द्र कार्कीको प्रस्तुति र निर्देशनमा अध्यारो चलचित्रको निर्माण गरिदै छ ।

चलचित्रको कार्यकारी निर्माता हिरो राई (राई जेठा ) र पुजा शाही, सह–निर्माता भिमेश गौतम, सागर सिलवाल, दिपेश कोइराला, टिम संयोजक सन्तोश पराजुली रहनु भएको छ । कोरोनाको कहर अलि कम भए पछि सरकारले तोकेका स्वास्थ्य मापदण्डको पालना गरेर फिल्म निर्माणको कार्य सुरु गर्ने फिल्म निर्माता तथा प्रस्तुतकर्ता कार्की र तामाङले टुङगुन मिडियालाई जानकारी दिनु भएको छ । उक्त चलचित्रमा कमल योञ्जन तामाङ, टेकेन्द्र कार्की, भिमेश गौतम, सन्तोश पराजुली, सागर सिलवाल, हिरो राई ( राई जेठा ) पुजा शाही लगायत कलाकारहरुको अभिनय देख्न पाईने छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला