×

TUNGOON

वास्तु शास्त्रका अनुसार घरको कुन स्थानमा कस्तो रङ्ग लगाउने ?


काठमाडौं । असार ८ गते
तपाईको घरको कुन दिशामा के हुनु उचित
वास्तु शास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश।यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म

अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ।
वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ। प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ। वास्तु शास्त्रका अनुसार घरको कुन स्थानमा कस्तो रङ्ग लगाउन भन्ने कुराको बिस्तृत जानकारी दिईएको छ।
रङ्ग
रङ्गले हाम्रो सोच र बिचारमा ठूलो असर पार्छ। घरमा धीर र शान्त वातावरणको अनुभूति पनि उचित रङ्गको प्रयोगबाट पाउन सकिन्छ। वास्तु शास्त्रमा अनुसार घरको शोभा बढाउन र घरमा खुसियाली कायम गर्न रङ्ग निम्न कुराहरु ध्यानमा राखी घर बनाउनु पर्छ स्
शयन कक्षमा गुलाबी, हल्का हरियो र हल्का निलो रङ्गको प्रयोग गरेको उचित हुन्छ
बैठक कोठामा पहेंलो, हरियो, निलो, हल्का खैरो रङ्ग प्रयोग गर्न उचित हुन्छ
भान्सा कोठामा पहेंलो, सेतो, सुन्तला, गुलाबी, रातो र चकलेट रङ्ग लगाउनु राम्रो हुन्छ
बाथरूमका लागि सेतो, खैरो, गुलाबी र फिक्का रङ्गहरु लगाउन उचित हुन्छ
घरको कुनै पनि स्थानमा कालो रङ्गको प्रयोग गर्नु उचित हुदैन


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला