×

TUNGOON

आजदेखि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदै


काठमाडौं । असार ९ गते
आजदेखि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सो मुद्दामाथि सुनुवाइ हुन लागेको हो । सोही इजलासले गत जेठ २६ गते विपक्षीका नाममा कारण देखाउ लगायत आदेश जारी गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विघटित प्रतिनिधि सभाका १४६ जना सांसदले दायर गरेको निवेदनमाथि सर्वोच्चले सुनुवाइ गर्न लागेको हो। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतम थप २९ वटा निवेदन दर्ता रहेको भए पनि ती निवेदनमा भने पछि मात्रै सुनुवाइ हुनेछ।आजदेखि सुनुवाइ शुरू हुन लागेको निवेदनमा आमागी दुई सातामा सुनुवाइ सकिने अपेक्षा छ।

सर्वोच्च अदालतले सुनुवाइका लागि समय व्यवस्थापनको स्पष्ट आदेश गरेकाले छिटै सकिने अनुमान गर्न सकिन्छ।आजदेखि शुरू हुने सुनुवाइमा निवेदक पक्षका कानून व्यवसायीले शुरूमा १२ घण्टा बहस गर्नेछन्। त्यसपछि सरकारी वकील र प्रधानमन्त्रीका निजी कानून व्यवसायीले १५ घण्टा बहस गर्नेछन्। फेरि निवेदक पक्षका वकीलले ३ घण्टामा जवाफी बहस गर्नेछन्।त्यसपछि अदालतले आफूलाई सहयोग गर्न भन्दै बोलाएका चार जना कानून व्यवसायी ९एमीकस क्यूरी०ले दुई घण्टा बहस गर्नछन्। यसरी सुनुवाइ शुरू भएको ३२ घण्टामा बहस सकिनेछ।सर्वोच्च अदालतले हरेक दिन करीब चार घण्टा सुनुवाइ गर्ने हिसाबले आठ दिनको सुनुवाइपछि बहस सकिने अनुमान गर्न सकिन्छ। त्यसपछि अदालतले आदेश दिनेछ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला