काठमाडौं । असार ९ गते
सर्वोच्चको पछिल्लो आदेश अनुसार अब प्रधानमन्त्री ओलीलाई पदमा बस्ने नैतिकता नभएको हुँदा तत्काल पदबाट हट्न नेपाल विद्यार्थी संघले माग गरेको छ । आज एक बिज्ञप्ति जारी गर्दै नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले कामचलाउ प्रधानमन्त्री ओलीले अब तुरुन्त प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिएर राजीनामा दिँदै अर्को सरकार बनाउने बाटो खुला गर्नुपर्ने बताउनु भएको छ । उहाँले सरकारका प्रायः सबै निर्णय एकपछि अर्को गरी अदालतले रोक लगाउनुपर्ने अवस्था आउनुले पनि प्रधामन्त्रीले नैतिकता गुमाएको प्रष्ट भएको उल्लेख गर्नु भएको छ । सरकार चलाउने नैतिकता गुमाइसकेकाले संविधान र कानुनमा टेकेर काम गर्न नसक्ने सरकारले संविधानको रक्षाका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउनु भएको हो ।

 

उहाँले विश्वासको मत गुमाएको प्रधानमन्त्रीले पूर्ण बजेट ल्याउने,अध्यादेश मार्फत शासन सञ्चालन गर्ने शैली विश्वका कुनै पनि लोकतान्त्रिक मुलुकमा नभएको र यस्तो छाडा प्रधानमन्त्री र सरकार लाई सर्बोच्च अदालतले संविधान र कानुन सम्झाएको छ भने संविधान र कानुन अनुसार शासन चलाउनुको सट्टा संविधान र कानुनको बर्खिलापमा गएको सरकारको गैरकानुनी क्रियाकलापको विरुद्ध सर्वोच्चले उपयुक्त आदेश आएको जिकिर गर्नु भएको छ ।