काठमाडौं । असार ९ गते
सर्वोच्च अदालतले आफ्नै नजीरविपरित फैसला गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रोश व्यक्त गर्नु भएको छ । मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका २० जना मन्त्रीको नियुक्ति बदर गर्ने आदेश दिएपछि थापाको यस्तो प्रतिक्रिया आएको हो। आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले आफ्नै नजीरविपरित फैसला ,२०७४ असोज र ७८ असारका बीच श्री सर्वोच्च अदालतले गरेको फैसलामा देखिएको यो के हो ? भन्दै प्रश्न गर्नु भएको छ ।

उहाँले आफ्नै नजिर र व्याख्या विपरित रहेको हिजोको फैसला विरोधाभाषपूर्ण र आश्चर्यजनक रहेको जिकिर गर्नु भएको छ । संविधान र कानुनको व्याख्यामा यस्तो परस्पर विरोधी अभ्यासले कहाँ पुर्‍याउने होला भन्दै आक्रोस व्यक्र गर्नु भएको छ । २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव घोषणा गरेपछि पनि मन्त्री नियुक्ति गरेको र त्यसको बदर माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्चले हस्तक्षेप गर्न नमिल्ने र यसको अधिकार निर्वाचन आयोगको बताएको थियो।त्यस्तै थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सर्वोच्च अदालतको फैसला हुबहु मिलेको भन्दै आश्चर्य व्यक्त गर्नु भएको छ ।