काठमाडौं । असार १० गते
आज पनि प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस हुँदैछ ।विपक्षीको लिखित जवाफ प्राप्त गरेपछि बुधवारबाट सर्वोच्चको संवैधानिक इजलासमा बहस शुरु भएको हो ।बुधवार ५ वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए । बुधवार वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की, खम्बरबहादुर खाती, महादेव यादव र गोबिन्द बन्दीले बहस गरेका थिए ।उक्त बहसलाई आज पनि निरन्तरता दिन लागेको सर्वोच्च प्रशासनले जनाएको छ ।

 

आज बहस गर्ने वकिलहरुको नाम भने केहि बेरमा सार्वजनिक हुनेछ ।निवेदकका तर्फबाट १५ घण्टा र विपक्षीको तर्फबाट १५ घण्टा बहस गरिनेछ कार्यसूची तय गरिएको छ । त्यसपछि ४ जना एमीकस क्यूरीले बहस गर्नेछन् ।