×

TUNGOON

भाइरस विरुद्धको खोप अन्तर्गत पहिलो मात्रा कोभिशिल्ड लगाएकाहरू त्यसको साटो दोस्रो मात्रा भेरोसेल खोप लगाउन मिल्ने निष्कर्षमा नपुगिएको डब्ल्यूएचओको भनाई


काठमाडौं । असार १० गते
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओलेरोना भाइरस विरुद्धको खोप अन्तर्गत पहिलो मात्रा कोभिशिल्ड लगाएकाहरू त्यसको साटो दोस्रो मात्रा भेरोसेल खोप लगाउन मिल्ने निष्कर्षमा नपुगिएको जनाएको छ ।कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल लगाउँदा बढी प्रभावकारी हुने समाचार प्रकाशित भएपछि डब्ल्यूएचओले ध्यानाकर्षण भएको जनाएको छ ।

 

डब्ल्यूएचओका सञ्चार, मिडिया तथा सूचना अधिकारी छिरिङ डोल्कर गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै कोभिशिल्ड खोपको साटो दोस्रो मात्रामा भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्र्कषमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला