काठमाडौं । असार १० गते
संविधानको धारा ७५ –५ प्रतिनिधि सभाका सदस्यलाई दिइएको ब्रह्मास्त्र भएको वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बताउनु भएको छ । उहाँले यसमा सांसदहरूलाई दलीय ह्वीप नलाग्ने तर्क गर्नु भएको छ । उहाँले नेपालको शासन प्रणाली संसदीय प्रणालीभन्दा सुधारिएको उल्लेख गर्दै हामीकहाँ भएको प्रणालीले प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्री बनाउने धारण राख्दनु भएको छ ।

 

प्रतिनिधि सभा विघटन मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उहाँले अघिल्लो पटक र यसपटक राष्ट्रपति कार्यालयले पठाएको लिखित जवाफ फरक फरक आएको उल्लेख गर्नु भएको छ । अघिल्लो फैसला अनुसार विघटन गरेको राष्ट्रपतिले लिखित जवाफमा जिकीर गरेको उहाँले बताउनु भएको छ ।