×

TUNGOON

 पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्र नै वैधानिक नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको भनाई


काठमाडौं । असार ११ गते
पुष्पकमल दाहाल ुप्रचण्डु र माओवादी केन्द्र नै वैधानिक नभएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले टिप्पणी गर्नु भएको छ । आज सामाजिक सञ्जाद मार्फत आफ्नो धारणा राख्दै उहाँले पार्टीको महाधिवेशन नगरी चलेकाले प्रचण्ड र माओवादी केन्द्र वैधानिक नभएको उल्लेख गर्नुृ भएको छ । उहाँले पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष प्रचण्ड र माके पार्टी नै वैधानिक नभएको र निर्वाचन आयोग,प्रचण्ड र माके ९माओवादी केन्द्र० को अविलम्ब ध्यानाकर्षण हुनुपर्ने जिकिर गर्नु भएको छ ।

उहाँले पार्टी वैधानिक हुन अनिवार्यत कानून परिपालना गरेको हुनैपर्ने बताउँदै गैरकानुनी रूपमा चल्दै अरूलाई प्रश्न उठाउन नमिल्ने बताउनु भएको छ । उहाँले कानुनीराजको बर्खिलापका कार्य दण्डनीय रहेको र प्रभु साहजीले उठाएको प्रश्न अत्यन्त जायज भएको बताउनु भएको छ । बैधानिक हैसियतबिना प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कार्यहरू नै अवैध रहेको उहाँको भनाई छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला